images
images
  • कुलिङ पिरियड गडबडी : छानविन गर्न समिति गठन, प्रतिवेदन बुझाउने समयसीमा २१ दिन

    काठमाडौं– संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमा देखिएको चलखेलको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठनको प्रस्ताव पेस गरेका थिए ।

    जुन सर्वसम्मतिले पारित भएको हो । छानबिन समितिलाई २१ दिनको समय दिइएको छ ।

    समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र शुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्यका रूपमा चयन भएका छन् ।

    गत शनिबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा विशेष समिति गठन गर्ने सहमति जुटेको थियो ।

    सुरुवातमा समितिलाई १५ दिनको समय दिने सहमति भए पनि त्यसलाई बढाएर २१ दिन गरिएको हो ।

    समितिको नेतृत्व नेपाली कांग्रेसका सांसदले गर्ने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images