काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार काठमाडौंको निर्मल निवासमा आफ्नो ७९औँ जन्मोत्सव मनाएका छन् ।
जन्मोत्सवको अवसरमा निर्मल निवास सर्वसाधारण तथा शुभेच्छुकहरूका लागि खुला गरिएपछि निवास बाहिर ठूलो भीड लागेको छ ।
जसरी विजयादशमीको टीकाका दिन सर्वसाधारणलाई राजदरबार पुग्ने अनुमति दिइन्थ्यो ।
त्यसरी नै आज पूर्वराजासँग भेटघाट र शुभकामना आदानप्रदान गर्न घर खुलाइएको हो ।
निर्मल निवासमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक तथा राजावादी दलका कार्यकर्ताहरूका लागि प्रवेश खुला गरिएको थियो ।
उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले पूर्वराजालाई शुभकामना दिएका छन् ।
साथै, बालबालिकादेखि वृद्धवृद्धासम्म पूर्वराजाको दर्शन गरी शुभकामना व्यक्त गरेका दृश्यहरू देखिएका छन् ।
पूर्वराजाको संवाद सचिवालयका अनुसार जन्मोत्सवलाई औपचारिक रूपमा मनाउने उद्देश्यले सीमित समयका लागि निवास सर्वसाधारणको आगमनका लागि खोलिएको हो ।
तर, सिंहदरबार र बालुवाटारमा प्रवेशका लागि पास अनिवार्य लिनुपर्ने प्रावधान छ ।























