काठमाडौं– आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनासम्मको अवधिमा देशभर ६ हजार ८६ वटा आत्महत्यासम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आत्महत्याका घटना बागमती प्रदेशमा भएका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रिपोर्ट भएका छन् ।
प्रदेशअनुसार आत्महत्याका घटना :
तथ्यांक अनुसार, आत्महत्याका घटना प्रदेशअनुसार यसप्रकार छन् :
बागमती प्रदेश – १३१६ मुद्दा
कोशी प्रदेश – ११६० मुद्दा
गण्डकी प्रदेश – ६५६ मुद्दा
मधेश प्रदेश – १०६२ मुद्दा
लुम्बिनी प्रदेश – ८४५ मुद्दा
कर्णाली प्रदेश – २८६ मुद्दा
सुदूरपश्चिम प्रदेश – ५०८ मुद्दा
काठमाडौँ उपत्यका – ५४३ मुद्दा
आत्महत्या गर्ने व्यक्तिमध्ये :
पुरुष – ३,२९५ जना
महिला – २,०४९ जना
बालक – २३४ जना
बालिका – २६७ जना
यसरी गरेका थिए आत्महत्या ः
झुन्डिएर – ५,४७२ जना
विष सेवन – ५७५ जना
हाम फालेर – ४२ जना
हतियार÷औजार प्रयोग – २० जना
डुबेर – ६ जना
आगो लगाएर – १२ जना
चिन्ताजनक अवस्था :
सन् २०२५ सम्म आइपुग्दा पनि मानसिक स्वास्थ्य, सामाजिक दबाब, बेरोजगारी, पारिवारिक तनाव लगायत कारणले आत्महत्याको ग्राफ उच्च रहेको देखिन्छ । बागमती र कोशी प्रदेशमा आत्महत्याको दर उच्च हुनुले शहरी क्षेत्रमा बढ्दो मानसिक स्वास्थ्य समस्या र एक्लोपनको संकेत दिन्छ ।
विशेषज्ञहरूका अनुसार आत्महत्या रोक्नका लागि मनोपरामर्श सेवा विस्तार, सामाजिक जागरुकता, समुदायस्तरमा हस्तक्षेप कार्यक्रम, तथा शिक्षा र रोजगारीका अवसरहरूको वृद्धि आवश्यक छ ।
प्रहरीको यस तथ्यांक ले नेपालमा आत्महत्या गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य चुनौती बनेको प्रस्ट देखाउँछ । राज्य, समाज र परिवार सबै मिलेर यस समस्यासँग लड्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने समय आएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्