कठमाडौं– अमेरिकी अर्बपति तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका छन् । उनले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दिएका हुन् ।
पार्टी दर्ता भएको पुष्टि भने फेडरल इलेक्सन कमिसनले हालसम्म गरेको छैन । मस्कले पनि नेतृत्व र पार्टी संरचना प्रस्ट पारेका छैनन् ।
ट्रम्प समर्थक रहेका मस्क सन् २०२४ को निर्वाचनका बेला ट्रम्पलाई २५ करोड डलर चन्दा दिएर चर्चामा आएका थिए ।
ट्रम्प राष्ट्रपति बनेपछि उनले सरकारी खर्च अनुगमन विभाग (डीओजीई)को प्रमुखको जिम्मेवारी पाएका थिए, तर आन्तरिक विवादपछि राजीनामा दिएका थिए ।
अमेरिकाको स्वतन्त्रता दिवसका दिन मस्कले एक्समा दुई पार्टी प्रणालीबारे पोल राखेका थिए । जहाँ ६५.४ प्रतिशतले नयाँ पार्टीको पक्षमा मत दिएका थिए ।
पोलपछि मस्कले लेखेका छन्, ‘अब अमेरिकाले दुई पार्टी प्रणालीबाट स्वतन्त्रता पाउनेछ । रिपब्लिकन र डेमोक्रेट दुवै भ्रष्ट छन् ।’
उनको नयाँ पार्टीले अमेरिका भित्रको परम्परागत दुईदलीय व्यवस्थालाई चुनौती दिने घोषणा गरेको छ ।


विश्व खबर 


















