काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ ।
बुधबार तोलामा २ हजार १ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २५ रुपैयाँले बढेर २ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















