images
images
  • फ्रान्समा निर्मित हेलिकप्टर चीन हुँदै तातोपानी भन्सारबाट पहिलोपटक भित्र्याइयो नेपाल

    काठमाडौं– तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर नेपाल भित्रिएको छ ।

    माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्समा निर्मित एयरबस कम्पनीको हेलिकप्टर चीनको मार्ग हुँदै तातोपानी भन्सारसम्म ल्याएको हो ।

    कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार उक्त हेलिकप्टर ४० फिटे कन्टेनरमा पंखा लगायतका प्रमुख भागहरू अलग गरेर लोड गरी भन्सारसम्म पु¥याइएको हो ।

    हाल तातोपानी भन्सार कार्यालयमा हेलिकप्टरको जाँचपासको प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।

    ‘हामीले हेलिकप्टरका विभिन्न पार्टपूर्जा खोलेर कन्टेनरमा राखेर तातोपानीसम्म ल्याएका हौं,’ भुसालले भने ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि यो नाकाबाट हेलिकप्टर आयात भएको पहिलो घटना भएको पुष्टि गरे ।

    यसअघि माउन्टेन हेलिकप्टरले कलकत्ताबाट वीरगञ्ज हुँदै हेलिकप्टर ल्याएको थियो। तर यसपटक टिमुरे नाकाभन्दा तुलनात्मक रूपमा सहज र फराकिलो तातोपानी नाका रोजिएको कम्पनीले जनाएको छ ।

    भुसालका अनुसार चीनको बाटो प्रयोग गर्दा ८–१० दिनमै हेलिकप्टर ल्याउन सकिन्छ, जबकि समुद्री मार्ग हुँदै कलकत्ता बन्दरगाहबाट ल्याउँदा झन्डै एक महिना लाग्ने अवस्था थियो ।

    जाँचपास सम्पन्न भएपछि यो हेलिकप्टर माउन्टेन कम्पनीको व्यावसायिक उडानमा प्रयोग गरिनेछ । हाल कम्पनीसँग नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images