images
images
  • एनसेलले नयाँ नम्बर १७१ बाट सुरु भएको सिम वितरण गर्दै

    काठमाडौं- निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले ग्राहकहरूलाई ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर रेन्ज उपलब्ध गराउने भएको छ ।

    कम्पनीले साउनको दोस्रो सातादेखि नयाँ सिम वितरण गर्ने तयारी थालेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई ९७१ नम्बर रेन्ज वितरण गर्न अनुमति दिएको हो ।

    यसअघि एनसेलले प्रयोग गर्दै आएका ९८०, ९८१, ९८२ र ९७० रेन्जका नम्बरहरू पर्याप्त नहुँदा कम्पनीलाई नयाँ रेन्ज आवश्यक परेको थियो ।

    नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (National Numbering Allocation Plan) अनुसार प्रदान गरिएको हो ।

    मोबाइल नम्बरहरू हाल दूरसञ्चार सेवाका अतिरिक्त वन टाइम पासवर्ड (ओटीपी), मोबाइल एप र वेबसाइटहरूमा साइन अप, डिजिटल कारोबार लगायतका कार्यका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् ।

    एनसेलले विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सेवा प्रदायक, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्जलाई आफ्नो प्रणालीमा इन्टिग्रेट वा अपडेट गर्न आग्रह गरेको छ ।

    कम्पनीका अनुसार ९७१ रेन्जका नम्बरहरू पनि हाल सञ्चालनमा रहेका अन्य रेन्जसरह नै ग्राहक सेवाका लागि प्रयोग गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images