
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गर्नेगरी कार्यक्रम तर्जुमा गरिएको उल्लेख गरे ।
“सूचना प्रविधिका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य उद्योगका रुपमा विकास गर्ने, रोजगारी र स्वरोजगारीका अवसर सृजना तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने सरकारको लक्ष्य छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्