images
images
  • अभिनेता अनमोल केसी र चलचित्र फर्की फर्कीको सिंगो टिमविरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं– आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

    श्रेष्ठले आज (सोमबार) वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा समावेश गरिएको दाबी गरेका छन् ।

    यसबाट मानसिक तथा शारीरिक पीडा पुगेको भन्दै उनले कानुनी कारबाहीसहित उचित क्षतिपूर्तिको माग गरेका छन् ।

    फिल्म ओटीटी प्लेटफर्म एमएसएम ओटीटीबाट पटकपटक आफ्नो नम्बर हटाउन अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ ।

    उनले चलचित्र जाँच समितिलाई पनि यसबारे जानकारी गराएको तर कुनै कदम नचालिएको भन्दै निराशा व्यक्त गरेका छन् ।

    अदालतमा दायर रिटमा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति तथा एमएसएम ओटीटी प्लेटफर्म सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।

    श्रेष्ठले सबै प्रतिवादीलाई विद्यमान कानूनअनुसार दण्ड दिन माग गरेका छन् ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार दायर रिट दर्ता गरिएको छ र प्रक्रिया अगाडि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images