हाल छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। यो फिल्मको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ।
काठमाडौँमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो। फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ।
निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन। फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ।
महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन्।यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ।
लक्ष्मण सुनारको निर्देशनमा यो फिल्म तयार भइरहेको हो। निसाल पौडेलको छायांकन रहेको यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।


विश्व खबर 



















