images
images
  • कलाकार घनश्याम गौतमको निधन

    काठमाडौं : ‘नक्कली प्रचण्ड’ का रूपमा परिचित अभिनेता घनश्याम गौतमको निधन भएको छ।

    भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो। ४३ वर्षका उनी दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए।

    गौतमले लामो समय ‘मेरी बास्सै’ टेलिशृंखलामा अभिनय गरेका थिए। हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम गाईजात्रा प्रहसन, सडक तथा रेडियो नाटकका उत्कृष्ट कलाकार मानिन्थे।

    उनी अभियान थिएटरमा पनि सक्रिय थिए। यसका अतिरिक्त उनी विभिन्न स्कुलमा पनि अभिनय सिकाउँथे। सबैभन्दा प्रसिद्धिचाहिँ उनले नक्कली प्रचण्ड बनेर कमाएका थिए।

    कलाकार गौतमको पशुपति आर्यघाटमा मंगलबार बिहान अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images