images
images
  • काठमाडौंमा दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    गएराति काठमाडौंको ढुंगेअड्डामा दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा हुम्लाका धीरेन्द्र भियालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    वर्ष २२ का भियालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो । ५० वर्षका मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । सहिद मेमोरियल अस्पताल कलंकीमका उनको उपचार भइरहेको प्रहरी बृत्त थानकोटले जानकारी दिएको छ ।

    गएराति ८ बजेर २५ मिनेट जाँदा काठमाडौंको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images