images
images
  • ट्रम्पले भने– अमेरिकाले इरानका आणविकस्थलमा सफल आक्रमण गर्‍यो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो देशले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा धेरै सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका छन् । उनले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।

    “हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो ! यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् । सीएनएनबाट ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images