–सोम सापकोटा, कोषाध्यक्ष एनआरएनए
बालुवाटारमा ५ रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण गरेको एनआरएनएले जग्गा खरिद र भवन निर्माणमा करिब ३३ करोड रुपैयाँ खर्चिएको छ ।
नेपालमा एनआरएनहरूका रुपमा लगानी भित्र्याउने काममा सानिमा समूह अग्रपंक्तिमा छ । सानिमाको सुरुवात रुसमा व्यवसाय गरिरहेका अरुणकुमार ओझा, टेकराज निरौला र जिवा लामिछाने मिलेर सन् १९९९ मा भएको थियो ।
डा. उपेन्द्र महतो, खेम लामिछाने, विनयकुुमार श्रेष्ठ, डा. निरजगोविन्द श्रेष्ठ, ओल्गा ओझा, रामकृष्ण शाह र घनश्याम थापा जोडिएपछि सानिमा समूहको पहिलो कम्पनीका रूपमा सानिमा हाइड्रोपावर कम्पनी (२.६ मेगावाट सुनकोसी सानो) अघि बढेको थियो । कम्पनीको सर्वसाधारण (स्थानीय र कर्मचारीसमेत) लाई सेयर बिक्री गरेपछि चुक्ता पुँजी ९८ करोड रुपैयाँ हुनेछ ।
कम्पनीमा ८० प्रतिशत संस्थापक सानिमा समूहको छ । सानिमा समूहले सानिमा बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, ७५० शैयाको मेडिसिटी अस्पताल, १ सय शैयाको ग्रिनसिटी अस्पताल लगायतमा लगानी गरेको छ । मेडिसिटीमा मात्रै १५ अर्ब रुपैयाँ लगानी भएको छ । सानिमाको कूल सेयर पुँजी (इक्विटी) साढे १९ अर्बमध्ये सानिमा समूहको मात्रै हिसा साढे १२ अर्बबराबर हुन्छ ।
सानिमा माई हाइड्रोपावर (एसएचपिसी) ले २.२ मेगावाटको माई र ७ मेगावाटको माई क्यास्केड आयोजना बनाएको छ । नेप्सेमा सूचीकृत एसएचपिसीको २०८० असारमा ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार चुक्ता पुँजी, रिटर्न अर्निङ १ अर्ब १६ करोड ९० लाख २३ हजार र १ अर्ब २९ करोड ५० लाख ६६ हजार सञ्चित कोष गरी कूल पुँजी कोष ५ अर्ब ५५ करोड ३३ लाख ४० हजार रुपैयाँ छ ।
एसएचपिसीले स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावाटको तल्लो लिखु खोला) मा ४५ करोड, सानिमा मिडिल तमोर (७३ मेगावाटको मध्यतमोर) हाइड्रोपावरमा ५३ करोड ३२ लाख, १४.३ मेगावाटको माथिल्लोे मैलुुङ खोला जलविद्युत आयोजनामा २३ करोड ७५ लाख, सानिमा जुम (५६ मेगावाटका जुम खोला) हाइड्रोपावरमा ३ करोड ३४ लाख ४७ हजार ५ सय र बाबरी कन्स्ट्रक्सनमा २ करोड रुपैयाँ लगानी गरेको छ ।
सानिमा समूहअन्तर्गत एसएचपिसी, सानिमा हाइड्रोपावर, सानिमा बैंकलगायतको मुख्य हिस्सा लगानी रहेको माथिल्लोे मैलुुङ खोला जलविद्युत आयोजनाको चुक्ता पुँजी १ अर्बमध्ये २५ प्रतिशत हिस्सा सर्वसाधारणमा छ । १३ मेगावाटको मैलुुङखोला, १७ मेगावाटको मैलुुङ बीसमेत गरी २ सय ३३ मेगावाट विद्युत उत्पादनका नौ कम्पनी सानिमा समूहले होल्ड गरेको छ ।
सानिमा समूहको सानिमा प्रालि, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सोपान मल्टिपल कम्पनी, सिद्धपोखरी टि इस्टेट, सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ, अमला इन्भेस्टमेन्ट, बाबरी कन्स्ट्रक्सन (निर्माण कम्पनी), मुना कृषि लिमिटेड, एनआरएन इन्भेस्टमेन्ट लिमिटेड, ठमेलमा होटल माला आदिमा लगानी छ ।
सार्वजनिक निष्कासन गर्न लागेको कान्तिपुर टेलिभिजन नेटवर्कमा ४४ करोड रुपैयाँ लगानी गरेको सानिमा समूहले १ सय शैयाको मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च, कान्तिपुर इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, निसर्ग बाटिका स्कुल र धुम्बाराहीमा चारतारे होटल अकामा सञ्चालन गरिरहेको छ । होटल २ अर्ब ९ करोड रुपैयाँमा निर्माण भएको थियो ।
एनआरएन पूर्वअध्यक्ष जिवा (जीवनाथ) लामिछाने र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल मिलेर लुम्बिनीमा गौतमबुद्ध एयरपोर्ट होटल सञ्चालनमा छ ।
उपेन्द्र महतोको सानिमा समूहका अतिरिक्त पतञ्जली योगपीठको संयुक्त लगानीमा पतञ्जली आयुुर्वेद उद्योग, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिसिटी बयोधा, माछापुच्छ«े बैंक, नेको इन्स्योरेन्स कम्पनीलगायतमा लगानी छ । ३ अर्ब बढी लगानी भएको २ सय शैयाको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा महतोको २५ प्रतिशत हिस्सा छ ।
१ सय शैयाको मेडिसिटी बयोधा (बयोधा नारायणी हस्पिटल) १ अर्ब रुपैयाँमा महतोले किनेका थिए । माछापुुच्छ«े बैंकमा उपेन्द्र महतो समूहको २६ प्रतिशत सेयर स्वामित्व छ । २०८० असारसम्म १६ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कूल लगानी छ । यसरी हेर्दा एनआरएन समूहको ४ अर्ब २५ करोड रुपैयाँ हुन्छ ।
महतो समूहले ७.८ मेगावाटको सुपरमाई हाइड्रोपावर र नेको इन्स्यारेन्समा लगानी गरेको छ भने सिरहामा १ सय शैयाको फूलकमारी महतो मेमोरियल अस्पताल बनाएको छ । महतोको रुबिन पावर, घनश्याम थापाको आशा इन्भेस्टमेन्ट, कूल आचार्यको होलिकाउ इन्भेस्टमेन्ट, जिवा लामिछानेको क्यास्केड इन्भेस्टमेन्ट छन् । एनआरएनहरूले व्यक्तिगत र सामूहिकरूपमा इन्भेस्टमेन्ट कम्पनी खोल्ने क्रम पनि तीव्र छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा नाम चलेका एनआरएनहरू जिवा लामिछाने, एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप, नेपाल इन्भेस्टमेन्ट कम्पनी, कृष्णप्रसाद पाण्डे, कमल लामिछाने, कोरियाका विनोद कुँवर, केशवप्रसाद सापकोटा, महेशकुमार श्रेष्ठ, रामेश्वर साह र उपेन्द्र महतोलगायतको मुख्य लगानी छ ।
७० प्रतिशत हिस्सा संस्थापक समूहमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा २०८० असारमा १ अर्ब २२ करोड ३२ लाख ११ हजार चुक्ता पुँजी र ५ करोड ३५ लाख ९९ हजार लगानी पुनर्मूल्यांकन सञ्चित कोष २९ करोड ४४ लाख ५९ हजार रुपैयाँ छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरले २०८० असारसम्म हिमालयन पावर पार्टनरमा ३४ करोड २७ लाख ८४ हजार, स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन २६ करोड २७ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावर ३५ करोड ६५ लाख ९९ हजार, माथिल्लो मैलङुखोला जलविद्युत २ करोड १६ लाख ३२ हजार, संयुक्त ऊर्जा ९३ लाख ३ हजार, कुमारी बैंक ६ करोड २ लाख ६१ हजार, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था ९ करोड ७५ लाख ७९ हजार, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था २ करोड २३ लाख ७४ हजार, नेरुडे लघुवित्त वित्तीय संस्था २ करोड ९७ लाख ९० हजार, एचआइडिसिएल ७ करोड ६० लाख ७२ हजार र नेसनल फन्ड म्यानेजमेन्टमा १ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरले नेपालका विभिन्न सहरमा ‘स्मार्ट एनआरएन आवास कार्यक्रम’ विकास गर्ने घोषणा गरे पनि अघि बढेको देखिँदैन । २.५ मेगावाटको सयपत्री हाइड्रोपावरमा एनआरएनए अध्यक्ष बद्री केसीलगायतको लगानी छ भने कन्टिनेन्टल टि एन्ड एक्सपोर्ट र ग्लोबल इन्भेस्टमेन्ट फाउन्डेसनमा पनि केसीको लगानी छ ।
चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालन गरेका रामेश्वर साह केटिएम गु्रपमा संलग्न छन् । केटिएम ग्रुपअन्तर्गत केटिएम सेक्युरिटी सर्भिसेस, केटिएम नेपाल, केटिएम मोटर, केटिएम फेसिलिटी म्यानेजमेन्ट, केटिएम एचआर सोलुसन, केटिएम टे«निङ एन्ड कन्सल्टेन्सी सर्भिसेस, केटिएम होल्डिङ, केटिएम स्टोर, केटिएम इन्टरनेसनल लगायत कम्पनी छन् ।
दक्षिण कोरियाका विनोद कुँवरको अग्रसरतामा धौलागिरि कालिका हाइड्रो कम्पनी, म्याग्दी इन्भेस्टमेन्ट कम्पनी, ग्लोबल फ्रेन्डसिप क्यापिटल, एनआरएन हङकङ समूह मिलेर २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना बनाइरहेका छन् भने २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना (सांग्रिला हाइड्रोपावर) खगेन्द्र न्यौपाने, आरके शर्मा, राज रेग्मी, नविन कँडेल, रविन गुरुङलगायत समूहले बनाइरहेको छ ।
मलेसियाका खगेन्द्र न्यौपानेलगायत समूहले ५.५ मेगावाटको बुढीगण्डकी हाइड्रोपावर र ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत कम्पनी (विकास हाइड्रोपावर) लगायतमा पनि लगानी गरेको छ ।
५ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बेस्ट फाइनान्समा राजेन्द्रकुमार (आरके) शर्मा समूहको ४० प्रतिशतभन्दा बढी लगानी छ । आरके समूूह समस्याग्रस्त जनरल फाइनान्समा प्रवेश गरेको संस्थालाई सुधार गर्दै बेस्ट फाइनान्स बनाइ सिनर्जी फाइनान्स गाभ्न सफल भएका थिए ।
शर्माकै समूहले आइसक्रिम बनाउने उद्योग क्रिएटिभ मिल, केइएफ ब्रान्डममा आइसक्रिम बेच्ने आउटलेट क्रिम मिल सञ्चालनमा छ । पाल्पामा सत्यवती केबुलकार बनाउन सक्रिय शर्माका पिजन इन्जिनियरिङ एन्ड प्रोजेक्ट र भैरवबाबा हाउजिङ एन्ड कन्स्ट्रक्सन छन् । शर्माले जलविद्युत र रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन् । २१.३ मेगावाटको ठूलो खोला हाइड्रोपावर प्रोजेक्ट (संयुक्त इनर्जी) र व्यक्तिगत एनआरएनहरूको लगानी छ ।
अमेरिकामा रहेका ज्ञानेन्द्र खड्काले नेपालमा ग्यापु मार्केट प्लेस (अनलाइन व्यापार), पोखरामा कल्चर रिसोर्ट, चितवनमा लटौली प्याराडाज रिसोर्ट सञ्चालन गरिरहेका छन् भने चितवनमै होटल बनाउँदै छन् । हङकङका कालु घले होटल रोयल सिङ्गेलगायत अन्य व्यवसायमा सक्रिय छन् भने अशोख सुरेखा व्यापार व्यवसायमा सक्रिय छन् । कतारका महेन्द्र चौलागाईं नेपालमा रियल इस्टेट क्षेत्रमा १ अर्ब लगानी गर्ने तयारीमा छन् भने जापानका लीला कँडेलले सामाखुसीमा ६० करोड रुपैयाँ खर्चेर विशाल कम्प्लेक्स बनाइरहेका छन् ।
जापानका प्रवेश राजभण्डारी र दिलु खत्रीको पोखरा हेभन रिसोर्ट, पर्वतको लालटिन रिसोर्ट र गोजी ट्राभल्स सञ्चालनमा छ भने पोखरामा होटल (नाम नजुराइएको) बनाउँदै छन । बेलायतमा सक्रिय उत्तम नेपाललगायतले ग्लोबल आइएमई, आइएमई लाइफ, चन्द्रागिरि हिल्स, हाथवे इन्भेस्टमेन्ट, माउन्टेन इनर्जी, हिमाल पावर पार्टनर, २५.४ मेगावाटको सुपर आँधिखोला जलविद्युत आयोजनालगायतमा लगानी गरेका छन् ।
बेलायतका राजन कँडेलले दि ब्रिटिस कलेज चलाउँदा अमेरिकामा रहेका रुद्र पाण्डेलगायतले नेपालमा डियरवाक गु्रप (डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी, डियरवाक सिफल स्कुल, डियरवाक कम्पवेर) चलाइरहेका छन् । एनआरएनएका पूर्वउपाध्यक्ष तथा अमेरिकामा रहेका सोनामा लामाले मुस्ताङमा ५५ करोड लागतमा ल्हो मुस्ताङ हिमालयन रिसोर्ट र २ अर्ब लगानीमा ठमेलमा चारतारे स्तरको बुटिक होटल ल्हो मुस्ताङ बनाएका छन् ।
रुसमा व्यवसाय गरिरहेका वैद्यनाथ शर्माले जनकपुरमा तीनतारे होटल सीताशरण बनाउँदा जापानका चीरञ्जीवि थापाले मानभवनमा चारतारे होलिडे इन एक्सपे्रस एन्ड स्वीट्स बनाएका छन् ।
एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले नक्सालमा होटल सेराटन छ । सुरुमा ८ अर्ब रुपैयाँ लगानी गर्ने भनिए पनि पछि लागत बढेर १४ अर्ब पुुगेको छ । पुष्पराज अधिकारीले पोखरामा रुपाकोट रिसोर्ट बनाएका छन् । बुद्धि सुवेदी, कूल आचार्य, दीपक गौतम, डा. केशव पौडेलहरू मिलेर भैरहवाको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट करिब ५ अर्ब रुपैयाँमा किनेका छन् भने हङकङ आधार बनाएका जगन्नाथ ज्ञवाली समूहले ठमेलमा रमदा इन्कोर (होटल) चलाएको छ ।
ज्ञवाली समूहको कुमारी बैंकमा पनि लगानी छ । कतारमा आधारित आइकेबिएच गु्रप (सिइओ अब्दुुल बसिद) ले हालै नेपालमा बेलाको ब्रान्डका विभिन्न २८ वस्तु बिक्री सुरु गरेको छ ।
बेल्जियमका अर्जुन श्रेष्ठले चितवनमा १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ओममेगाश्री औषधी उद्योग खोलेका छन् भने अमेरिकाका ल्हाक्पा शेर्पाले चितवनमा शेर्पा बियर फ्याक्ट्री खोलेका छन् । बेलायतका उत्तम नेपालको चन्द्रागिरि हिल्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, ग्लोबल आइएमई बैंक, आइएमई लाइफ इन्स्यारेन्स लगायतमा लगानी छ ।
एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनको ग्लोबल इन्भेस्टमेन्ट अर्गानिक प्रडक्ट्स (अर्गानिक कृषि र पर्यटन) मा लगानी छ भने पूर्वअध्यक्ष भवन भट्टको युनाइटेड बु्रअरी, कारोबार दैनिक र धुलिखेल माउन्टेन रिसोर्ट (डिएमआर) मा लगानी छ ।
भट्टकै बिबी होल्डिङ्स र बिबी एयरवेज नामक कम्पनी भए पनि ती अहिले सक्रिय देखिँदैनन् । त्यस्तै, अमेरिकामा सक्रिय शंकर उप्रेतीले हाम्रो पात्रो, हाम्रो पात्रो रेमिट र हाम्रो पे डिजिटल वालेट सञ्चालन गरेका छन् । उता, सार्वजनिक निस्काशन प्रक्रियामा रहेको सोनापुर मिनरल्स् एण्ड आयलमा म्याकडोनाल्ड अस्ट्रेलियामा कार्यरत एलिसा पाण्डेलगायतको लगानी छ ।
मकाउ, जर्मनीलगायतमा क्रियाशील विशाल पण्डित र हङकङमा क्रियाशील हर्क गुरुङ मिलेर सुन्दर यातायात, सुन्दर अटो इन्जिनियरिङ (एसेम्बल प्लान्ट), सुन्दर ट्रेडिङलगायतमा लगानी गरेका छन् । ती कम्पनीमा उनीहरूले १ अर्बभन्दा बढी लगानी गरेका छन् ।
एनआरएन अफ्रिका भेन्चर्सका अध्यक्ष हिक्मत थापाको अग्रसरतामा खानेपानी ट्यांकी, गोबर ग्यास प्लान्ट, र सुलभ चर्पीलगायतका बस्तु उत्पादन गर्ने पोखरा वास सञ्चालनमा छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, २७.१ मेगावाटको दोर्दीखोला हाइड्रोपावर (हिमालय पावर पार्टनर) र १५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा अफ्रिकाका एनआरएनहरुको लगानी छ । उता, निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलमा सतिशलाल आचार्यलगायतको लगानी छ ।
महेशकुमार श्रेष्ठको लगानी नेपाल इन्भेस्टमेन्ट बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर र विभिन्न जलविद्युत कपनीहरुमा लगानी छ । त्यसैगरी नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुुरुङले ‘स्टार्टअप’ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ सञ्चालन गर्ने हालै सार्वजनिक गरेका छन् ।
एनआरएनहरू कुखुरा फार्म, स्ट्रबेरी र किवी खेती, कृषि उद्योग, स–साना रेस्टुरेन्टदेखि लगानीका अन्य क्षेत्र सूचना–प्रविधि, ‘ई–कमर्स’ तथा ‘रियल इस्टेट’ लगायत आवास विकास क्षेत्रमा पनि लगानी विस्तार गर्न सक्रिय छन् । एनआरएनहरूले काठमाडौं उपत्यकामा २ रोपनी र उपत्यकाबाहिर नगर क्षेत्रमा ८ कट्ठा जग्गा किन्न सक्ने व्यवस्था छ ।























