–पृथ्वीबहादुर पाँडे, अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
चार दशक अगाडि देशमा बैंक पाउन सकस थियो । बंैक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरें । त्यतिखेर नेपालमा सीएको धेरै ठूलो माग थियो । सन् १९७८ मा नेपाल राष्ट्र बैँकले २ जना सीए मागेको थियो तर एउटा पनि आवेदन परेन । मेरो बुबाको एउटै चाहना मलाई सरकारी जागिरे भएको हेर्ने थियो । नेपाल राष्ट्र बैँक वा अर्थ मन्त्रालयमा जागिर खाएको हेर्ने उहाँको इच्छा थियो ।
त्यसबेला नेपाल राष्ट्र बैँकको गभर्नर थिए कुलशेखर शर्मा । उहाँले मलाई नेपाल राष्ट्र बैङ्कमा आवद्ध गराउनका लागि धेरै प्रयास गर्नुभयो । बुबाको गभर्नर शर्मासँग राम्रो सम्बन्ध थियो । बुबासँग सल्लाह गरेर गभर्नरले धेरै प्रयास गरेपछि सन् १९७८ मा नेपाल राष्ट्र बैँकमा जागिर सुरू गरें । मेरो मासिक तलब १२७५ रूपैयाँ थियो ।
राष्ट्र बैँकमा काम गर्दै गर्दा म अन्तर्राष्ट्रिय वित्त कोष (आईएमएफ) मा पनि काम गर्न गएँ । त्यसबेलासम्ममा नेपालमा निजी क्षेत्रको बैङ्क खोल्नुपर्छ भन्ने सोचिसकेको थिएँ । नेपाल राष्ट्र बैङ्कमा काम गर्दैगर्दा मलाई बैँक खोल्ने इच्छा लाग्यो । त्यसका लागि प्रक्रिया पनि सुरू गरें ।
विदेशी लगानीकर्ताको लगानीमा नेपालमा बैङ्क खोल्न सुरू भइसकेको थियो । विदेशी लगानीसहितको ग्रीनलेज बैँक र इन्डोस्वेज बैड्क खुलिसकेका थिए । नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक पहिले नै खुलिसकेका थिए । अमेरिकामा ६ महिना काम गर्दा धेरै अनुभव लिइसकेको थिएँ । बैँक खोल्ने विषयमा राष्ट्र बैँककै साथीहरूसँग पनि सल्लाह सुझाव लिएँ ।
उनीहरूले पनि अगाडि बढ, राम्रो योजना छ भनेर मलाई काम गर्न प्रोत्साहन गरे । ६ महिनाको बिदा लिएँ । अर्थमन्त्री भरत बहादुर प्रधानसँग कुरा गरे । उहाँले तपाई गर्नुहुन्छ भने हामी लाइसेन्स दिन्छौं भन्नुभयो । राष्ट्र बैङ्कबाट पास भएर अर्थमन्त्रालय गयो । अर्थमन्त्रालय गएपछि पनि पास भयो । त्यो बेलामा सबै विषयको रेगुलेट दरबारबाट हुन्थ्यो । दरबारमा गइसकेपछि केही जवाफ आएन । फाइल अड्कियो ।
विसं. २०४६/४७ मा जनआन्दोलन भयो । आन्दोलन भएपछि केही परिवर्तनको आभास भयो । रामशरण महत र महेश आचार्य अर्थमन्त्रालमा सल्लाहकार भएर आउनुभयो । महतजीसँग अमेरिकामा हुँदा चिनजान थियो । बैँकको लाइसेन्सको विषयमा छलफल गरें । उहाँले लाइसेन्स दिने प्रतिवद्धता जनाउनुभयो । त्यसबेला म वाणिज्य बैङ्कमा काम गरिरहेको थिएँ । अर्थमन्त्रीले त्यतिखेर राष्ट्रिय वाणिज्य बैँकको महाप्रबन्धका लागि काम गर्ने आग्रह गरेपछि मैले वाणिज्य बैँकमा काम सुरू गरिसकेको थिएँ। वाणिज्य बैङ्कमा बसेर निजी बैङ्कका लागि काम गर्न मिलेन । मैले बैँक छोड्न पनि मिलेन । अगाडिका फाइलहरू थन्किसकेका थिए । फाइल फेरि बनाउनुपर्ने भयौ । फेरि बनाएर पठाउँदा एक वर्ष समय लाग्यो ।
अर्थ मन्त्रालयमा हिमालयन बैँक प्रस्ताव अगाडि बढ्यो । मैले वाणिज्य बैँकबाट राजीनामा दिएँ । त्यतिखेर अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । तपाईहरू जस्तो मान्छेले हामीलाई सहयोग गर्नुपर्नेमा राजीनामा किन दिएको भनेर मसँग रिसाउनु पनि भयो । हिमालयन बैङ्कमा मेरो परिवारको सेयर हुन्छ, म वाणिज्य बैँकमा बस्यो भने स्वार्थ बाँझिन्छ भनेर कन्भिन्स गरेपछि उहाँ सहमत हुनुभयो । राजीनामा स्वीकृत गर्नुभयो ।
त्यसपछि जन्मियो हिमालयन बैंक
हिमालयन बैँक नेपालीहरूले नै खोलेको र नेपालीले नै नेतृत्व गरेको निजी क्षेत्रको पहिलो बैँक हो। नेपाल राष्ट्र बैङ्कले बैड्क खोल्दा सबै समुदायलाई समेट्न भनेको थियो । त्यसैले पनि अहिले हिमालयन बैँकमा सबै समुदायका व्यक्तिहरू सेयरधनी हुनुहुन्छ । हिमालयन बैँक एउटा मात्रै बैँक हो जसमा सबै समुदायको लगानी छ । त्यसपछि अरू बैङ्कहरू पनि लाइसेन्सका लागि राष्ट्र बैँक गए । हिमालयन बैड्क स्थापना भएपछि नेपाल एसबिआई, एभरेष्ट, बैँक अफ काठमाण्डू लगायतका बैँक स्थापना भए ।
लाइसेन्सका लागि राष्ट्र बैङ्क जानेको भीड बढ्यो । दुई÷दुई वर्षमा लाइसेन्स दिएको भए मोनोपोली हुन्थेन । एकै वर्ष ८÷१० वटा बैँक आए । जसले गर्दा भद्रगोल भयो । बैँकहरूबीच स्वस्थ निजी क्षेत्रबाट बैँक लाइसेन्स पाउने हामी नै पहिलो हौं । लाइसेन्स लिनदेखि कार्यकारी प्रमुखको भूमिकामा बैङ्क चलाउने कार्यको नेतृत्व मैले गरे ।
बैँकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्यो । विस्तारै बैँकको लाइसेन्सलगायत अन्य विषयमा पनि राजनीतिक हस्तक्षेप बढ्न थाल्यो । सन् १९९२ मा नेपालीसँग धेरै पैसा नै थिएन । त्यत्तिखेर जो कोहीलाई १ करोड निकाल्न पनि सकस हुन्थ्यो । सुरूमा हिमालयन बैँकको पूँजी १२ करोड रूपैयाँको थियो । १२ करोड रूपैयाँ जारी पुँजी भनेर चुक्ता पुँजी ६ करोड रूपैयाँबाट सुरू गरेका हौँ । त्यसमा प्रमोटरहरूको ३ करोड थियो । अर्थमन्त्रालयका अधिकारीहरूले ५१ प्रतिशत दिनु हुँदैन भनेका थिए । मैले कन्भिन्स गरेँ ।
हिमालयन बैड्क सञ्वालन गर्दा मैले मेरो सम्पत्ति बिक्री गरें । भैसेपाटीको ४० रोपनी जग्गा बेचेँ । हेटौडाको डेढ बिघा जग्गासमेत गरेर जम्मा २७ लाखमा बेचेँ । अहिले त्यो सम्पत्ति राखेको भए आज मेरो बैँकको सेयरभन्दा २० गुणा माथि हुन्थ्यो । तर पनि त्यो बेला मेरो त्यो सही निर्णय थियो ।
सन् १९९२ अगाडि नै मैले हबिद् वैङ्क ल्याएको थिएँ । मैले जुन सेयर होल्डर ल्याएँ, उहाँहरूलाई हाम्रो सेयर लकिङ हुनुपर्छ, ५ वर्षभित्र तपाईले बेच्न पाउनु हुन्न भनेर ’जेन्टलमेन एग्रिमेन्ट गराएँ । त्यतिखेर त्यस विषयमा नियम कानुन पनि खासै थिएन ।
पछि राष्ट्र बैँकले त्यसमै चढेर संसारमा नभएको नियम बनायो । प्रमोटर सेयरमा अनिश्चितका लागि लकिङ पिरियड तोक्यो । ३० वर्षसम्म प्रमोटर भएर बस्नु पर्ने नीति कुनै पनि ठाउँमा छैन ।
म हिमालयन बैडकमा कार्यकारी निर्देशक थिएँ । कार्यकारी निर्देशकको कार्यकाल हुन्थ्यो । हिमालयन बैड्क सञ्चालन भएको ८ वर्षपछि मैले छोड्ने निर्णय गरें । तर, सञ्चालक समितिले मानेन । त्यतिखेर विकास बैँक या पूर्वाधार बैँकमा काम गर्ने मेरो सोच थियो । तर, बैँकको सञ्चालक समितिले एक कार्यकाल पुनः गर्नुपर्ने भनेपछि काम गरें । साढे ११ वर्ष हिमालयन बैँकमा काम गरेपछि बैँक छोडें ।
इन्भेष्टमेन्ट बैड्कमा अप्रत्यासित प्रवेश
हिमालयन बैँक छोडेको पछिल्लो दिन ठमेलमा एउटा कार्यक्रममा गएको थिएँ । ठमेलमा भएको कार्यक्रममा इन्डोस्वेज बैँकका कार्यकारी निर्देशकले मलाई आफु बैङ्कबाट बाहिरिने बताउँनुभयो ।
उहाँले मलाई सेयर खरिद गर्न आग्रह गर्नुभयोे। मैले प्रतिसेयर २८० मा खरिद गर्न सकिने बताएँ । पछि ३०० रुपैयाँमा कुरा मिल्यो । हामीले पछि नेपाल इन्भेष्टमेन्ट बैँक नाम राख्यौ । फ्रेन्चले छोड्नुको कारण फ्रान्सको केन्द्रीय बैङ्कले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशको बैंकिङ बजारलाई जोखिमपूर्ण तहर गयो, धेरै कडा नियमन भयो । धेरै प्रोभिजनिङ व्यवस्था गरिदियो । उनीहरूले जोखिम देखे र नेपाल छोड्ने निर्णय गरे ।
अहिले बैँकहरूको नाफा घटिरहेको छ । धेरै बैँकले सम्पत्ति बेचेर नाफा देखाएका छन बैङ्कहरूको औसत प्रतिफल ११ प्रतिशत मात्रै छ । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । तपाईले एक पाईला अगाडि बढाउँदा अर्कैले तीन पाइला अगाडि बढाउन सक्छ । भएको पैसालाई दोब्बर–तेब्बर बनाएर काम गर्न सकिन्छ । बिजनेसम्यान जोखिम लिन्छन् । जसले जोखिम लिएर नयाँ आइडियामा लगानी गर्छ उसैले पैसा कमाउँछ ।
मैले हिमालयन बैठक छोडेर इन्डोस्वेज बैँक लिन्दै गर्दा यो बैँकको बिजनेश हिमालयन बैँकको तुलनामा एक तिहाई मात्र थियो । मैले बैँकको विस्तार गर्न सुरू गरें । मसँग भिजन थियो । बिजनेशसँग पुँजी वृद्धिमा जोड दियौँ । धेरै पटक हकप्रद हालियो । सुरूमा धेरै अभाव खेप्नु पर्यो । जग्गा ÷मोटर बेचेर सेयर किनियो । त्यतिखेर नगद हुन्थेन । राष्ट्र बैङ्कले ८ अर्बको पुँजीको व्यवस्था गर्दा हामीले करिब ७ अर्ब बनाइसकेका थियौँ ।
धेरै साथीहरू बैङ्कमा लगानी गर्ने इच्छा देखाउनु हुन्छ । ७÷८ प्रतिशत प्रतिफल भए पनि हुन्छ भन्नुहुन्छ । तर, गाह्रो छ । बिजनेसमा आजको भोलि पैसा कमाउन सकिन्न । पर्खिनु पर्छ । मैले जलविद्युतमा पनि लगानी गरेको छु । त्यसमा पनि प्रतिफल अहिलेसम्म आएको छैन । म पर्खिरहेको छु ।
अझै बैंकिङमा रहन्छु
मेरो करियर नै बैंकिङदेखि सुरू भएको हो । रिटायर्ड पनि यही पेशाबाट हुन्छु । १० वर्ष अगाडि नै बैँकको सीईओ छोडेको हुँ । तर, म अझै काम गर्न चाहन्छु । मानिसको सबैभन्दा प्रोडक्टिभ उमेर भनेको ६० देखि ७० वर्ष हो । त्यसपछि दोस्रो सबैभन्दा प्रोडक्टिभ उमेर ७० देखि ८० वर्ष हो । यो अध्ययनले पुष्टि गरेको तथ्य हो, मेरो भनाई होइन । अहिले म ६८ वर्षको मात्रै भएँ । अझै १०÷१२ वर्ष राम्रोसँग काम गर्न सक्छु ।
हाइड्रोपावर, होटल, रिर्सोट, रियलस्टेट लगायत क्षेत्रमा लगानी गरिरहेका छौ । मसँग नेटवर्क छ । ज्ञान छ । सबै क्षेत्रमा सम्भावना छ । मिहिनेत गर्नुपर्छ । बिजनेसम्यानले ६÷७ वर्षसम्म पर्खिनु पर्छ । बैँकमा धेरै मिहिनेत छ तर पनि रिटर्न ११÷१२ प्रतिशत मात्रै छ । जुनसुकै बिजनेसमा पनि मिहिनेत चाहिन्छ । मैले पनि कुनै दिन बुबासँग पैसा लिनुपथ्र्यो । १२७५ रूपैयाँमा परिवार पाल्नु पथ्र्यो । एक रातमै धनी बन्छु भन्ने सपना कसैले देख्नु हुँदैन ।
गरेका कामप्रति सन्तुष्ट छु । मान्छेले मलाई विश्वास गरेका छन् । धेरैलाई मैले सहयोग गरेको छु । सन्तुष्टि पैसा कमाएर प्राप्त हुँदैन । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । जोखिम नलिएर कमाउन सकिँदैन । नेटवर्क निर्माण गर्नुपर्छ । मान्छेलाई चिन्नु पर्छ । तब मात्रै व्यक्ति सफल बन्न सक्छ ।























