काठमाडौं : पहिरोका कारण कालिगण्डकी करिडोर अवरुद्ध छ। गुल्मीको कालिगण्डकी गाउँपालिका-६ को बर्लवामा माथिबाट निरन्तर खसेको ठूलो पहिरोले करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो।
सोमबार दिउँसो साढे १२ बजे पहिरो खसेपछि करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।पहिरो खस्न रोकिए मङ्गलबार दिउँसो केही काम गर्न सकिने अनुमान गरेको उनले बताए।
उनका अनुसार यातयातका साधन पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्























