images
images
  • स्रोत नखुलेको १३ लाख रकम सहित एक जना पक्राउ

    बारा – स्रोत नखुलेको १३ लाख बढी रकम सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सिमराबाट स्रोत नखुलेको १३ लाख सात हजार पाँच सय रुपैयाँ रकम सहित वीरगन्ज १६ का २० वर्षीय सुरज कुशवाहालाई पक्राउ गरेको हो । बारा प्रहरीका अनुसार उनको साथबाट विभिन्न बिल भौचर कागजातहरू समेत बरामद गरिएको छ ।

    बिहीबार साँझ जितपुर सिमरा २ एयरपोर्ट रोड स्थित विशेष सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीको कमान्डमा खटिएको टोलीले कुशवाहा अवैध रकम सहित पक्राउ गरेको हो ।

    कुशवाहा माथि कानुन बमोजिम हुन्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष कुमार तामाङले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images