images
images
  • बमको हल्ला पछि एयर इन्डियाको विमान थाइल्याण्डमा आकस्मिक अवतरण

    काठमाडौं – एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए ।

    यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।

    भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

    एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

    विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images