images
images
  • भिजिट भिसा : सत्ताभन्दा विपक्षीलाई गलपासो, माओवादी–एसको लचकताले रास्वपा संकटमा

    काठमाडौं । संसद्मा जारी गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आज पनि विपक्षी दलहरूको बैठक आह्वान गरेको छ ।

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संसद् बैठक बस्नुअघि विपक्षी दलहरूबीचको साझा धारणा बनाउन बैठक बोलाइएको हो ।

    उक्त छलफलपछि मात्र सत्तारूढ गठबन्धनसँग औपचारिक संवाद हुने उनले बताए ।

    यसअघि बिहीबार माओवादीले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरी सत्तापक्षसँग संवाद गरेको थियो ।

    तर, सहमति जुट्न सकेको थिएन । सत्ता र प्रतिपक्षका नेताहरूले भने शुक्रबारसम्म सहमतिमा पुग्ने आशा व्यक्त गरेका छन् ।

    संसद् अवरुद्ध हुनुको मूल कारण भिजिट भिसा प्रकरण बनेको छ ।

    विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकसमेत संलग्न रहेको भन्दै उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

    यहीँ मागलाई लिएर जेठ १३ गतेदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।

    यद्यपि माओवादी केन्द्र, एकीकृत समाजवादी उक्त प्रकरणप्रति लचक हुँदै आएको छ ।

    तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको पाँच बुँदे सहमतिबाट पछि हट्ने सम्भावना न्यून छ ।

    यसर्थ संसद् अवरुद्ध खुलाउनेबारे माओवादी र एकीकृत समाजवादी लचक देखिए पनि रास्वपा पछि हटेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images