images
images
  • गाजालाई तहसनहस पार्ने इजरायलको टार्गेट– इरानी परमाणु वारहेड, अमेरिका असन्तुष्ट

    काठमाडौं । इजरायलद्वारा इरानमा गरिएको आक्रमणप्रति अमेरिका सन्तुष्ट नभएको संकेत देखिएको छ ।

    बीबीसीका अनुसार अमेरिकी अधिकारीहरूले इजरायली आक्रमणको पूर्वसूचना पाएको जनाएका छन् ।

    अमेरिकी नागरिकहरूको सुरक्षाका लागि तत्काल कदम चालिएको तथ्यले पनि यसमा अमेरिका सतर्क रहेको पुष्टि गर्छ ।

    तर अमेरिकाले यो आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्ने प्रयास गरिरहेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषणमा अमेरिकी अधिकारीहरूले आक्रमणमा ‘अमेरिकाको सहभागिता छैन’ भनेर बारम्बार दोहो¥याएको तथ्यलाई यही संकेतका रूपमा हेरिएको छ ।

    यो घटना त्यस्तो समयमा भएको हो जब इरानसँगको आणविक सम्झौता पुनः सुरु गर्ने प्रयास भइरहेका थिए ।

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कूटनीतिक दूत स्टीभ विकफ आइतबार ओमानमा इरानी प्रतिनिधिसँग वार्ताका लागि तयारीरत थिए ।

    यद्यपि, इजरायली आक्रमणले सम्भावित कूटनीतिक उपलब्धिमा बाधा पु¥याएको देखिएको छ ।

    ट्रम्पले यस विषयमा सार्वजनिक टिप्पणी नगरे पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निर्णय अमेरिकी प्रयासको प्रत्यक्ष चुनौतीका रूपमा बुझिएको छ ।

    नेतान्याहूले इजरायल अमेरिकी तालिकाअनुसार होइन, आफ्नै सुरक्षा रणनीतिअनुसार अघि बढ्ने संकेत दिएका छन् ।

    यद्यपि ट्रम्प प्रशासनले ‘नयाँ शान्ति युग’ को उद्घोष गरेको भए पनि इजरायली कदमले अमेरिकाको प्रभावक्षेत्र सिमित भएको सन्देश दिएको विश्लेषण गरिएको छ ।

    मध्यपूर्वमा युद्धको सम्भावना झन् बढिरहेका बेला ट्रम्प प्रशासन नयाँ कूटनीतिक संकटसँग जुध्नुपर्ने अवस्था आएको बीबीसीको विश्लेषणमा उल्लेख छ । –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images