images
images
  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ थुनामुक्त

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

    अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images