काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशनअन्तर्गत जारी मतदानमा हालसम्म ९०५ मत खसेको छ।
चार बजेसम्मको निर्धारित मतदान समय एक घन्टा थपिएपछि बेलुका ७ बजेसम्मका लागि मतदान जारी रहने छ। निर्वाचन समितिका अनुसार साँझ ५ बजेसम्म ९०५ मत खसेका हुन्।
महाधिवेशनमा १,५५१ जना प्रतिनिधिहरू मतदाता रहेका छन्। महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ।
अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेलले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्






















