images
images
  • भारतमा कहिले कहाँ–कहाँ भए भयानक विमान दुर्घटना ? कतिले गुमाए ज्यान ?

    काठमाडाैं । सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो ।

    उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो ।

    दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् ।

    उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो ।

    आज केहीबेर अघि अहमदाबादबाट लण्डन ग्याटविक जाँदै गरेको विमान टेकअफ गरेपछि दुर्घटनाग्रस्त भएको छ ।

    यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट उडेको थियो । विमानमा २४२ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए ।

    विमान बोइङ ७८७–८ मोडलको थियो । सवारमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, एक जना क्यानाडेली र सात जना पोर्चुगलका नागरिक रहेको एयर इन्डियाले जानकारी दिएको छ ।

    दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा लगिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images