
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिका, सर्लाहीका पूर्व अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गैरकानूनी रूपमा आर्थिक लाभ लिँदै राज्यलाई हानि पुर्याएको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साहसहितका कर्मचारीहरूमाथि मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार, सार्वजनिक पदको दुरुपयोग गर्दै भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।
प्रतिक्रिया दिनुहोस्