काठमाडौं – लण्डन उड्न लागिरहेको एयर इण्डियाको विमान दुर्घटनामा परेपछि त्यसमा नेपाली नागरिक पनि सवार हुनसक्ने आशंका उठेको थियो । तर दिल्लीस्थित नेपाली दूतावासले उक्त विमानमा कुनै पनि नेपाली नागरिक न रहेको पुष्टि गरेको छ।
दुर्घटनापछि स्थिति स्पष्ट गर्न दूतावासले भारतीय अधिकारीहरूसँग तत्काल समन्वय गरेको थियो । त्यस क्रममा दूतावासलाई विमानमा रहेका यात्रुहरूको आधिकारिक नामावली प्राप्त भएको हो।
दूतावासका अनुसार प्राप्त सूचीमा भारतीय, बेलायती, क्यानाडाली तथा पोर्चुगिज नागरिकहरू रहेको उल्लेख छ । नेपाली नागरिक भने कोही पनि नभएको स्पष्ट गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























