काठमाडौं । लण्डनतर्फ उडान भरिरहेको एयर इन्डियाको एक विमान दुर्घटनामा परेपनि त्यसमा कुनै पनि नेपाली नागरिक नदेखिएको पुष्टि भएको छ ।
उक्त विमानमा २४२ जना यात्रु सवार थिए । प्रारम्भिक दुर्घटनापछि नेपाली नागरिक समेत यात्रु सूचीमा हुनसक्ने आशंकामा भारतस्थित नेपाली दूतावासले तत्काल समन्वय सुरु गरेको थियो ।
दूतावासका कन्सुलर सञ्जीव शर्माले भारतीय अधिकारीहरुसँग सम्पर्क गर्दा नेपाली नागरिक नदेखिएको पुष्टि भएको जानकारी दिए ।
भारतीय अधिकारीद्वारा पठाइएको सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानाडाली र पोर्चुगिज नागरिकहरू मात्र सवार थिए ।
अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















