images
images
  • भारत गुजरातका मुख्यमन्त्री विजय रुपाणी सवार विमान दुर्घटना

    काठमाडौं । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको एक विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको छ ।

    उक्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले जनाएको छ ।

    एअर इन्डियाको बोइङ ड्रीमलाइनर एआई–१७१ विमानमा २४२ जना यात्रु सवार थिए ।

    भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा टेकअफ गरेको उक्त विमान केही समयमै विमानस्थल क्षेत्र नजिकै भुइँमा खस्दै दुर्घटनामा परेको हो ।

    दुर्घटनापछि उद्धार कार्य तीव्र गतिमा जारी रहेको बताइएको छ । यात्रुहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

    घटनाबारे भारतको नागरिक उड्डयन प्राधिकरणले आधिकारिक जानकारी दिने तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images