images
images
  • भारतको अहमदाबादमा यात्रुबाहक जहाज दुर्घटना, थप विवरण आउन बाँकी

    काठमाडौं – भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार एक ठूलो विमान दुर्घटना भएको छ ।

    २४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ डन्डियाले जनाएको छ ।

    दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् ।

    विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

    दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images