images
images
  • रविलाई गृहमन्त्री, पार्टी सभापतिबाट हटाउने ताकत भएका युवराज सफलले दिए बालेनविरुद्ध उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको नयाँ लिफ्ट प्रक्रियागत अनियमितताका साथ गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    अधिवक्ता युवराज सफलले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ विपरीत प्रतिस्पर्धा, टेन्डर वा कोटेसनबिनै अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबी गर्दै मेयर बालेन शाहविरुद्ध उजुरी दिएका हुन् ।

    उनले लिफ्ट जडान गर्नु प्रक्रियागत रूपमा कानुनको उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । उजुरीमा लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजातहरू संकलन गरी छानबिन गर्न माग गरिएको छ ।

    यसअघि युवराज सफलले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    रविसँग दुईवटा नागरिकता र राहदानी भएको दाबी गर्दै मुद्दा दायर गरेपछि उनको गृहमन्त्री र पार्टी सभापति पद निलम्बनमा परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images