images
images
  • इमेज सहकारीका अध्यक्षको घरजग्गा लिलाम नगर्न उच्च अदालत पोखराको आदेश

    काठमाडौं – उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित देवकुमार नेपालीले अदालतमा दिएको निवेदन उपरको सुनुवाइपछि बुधबार न्यायाधीश नातिबाबु लामिछानेको एकल इजलासले सो आदेश जारी गरेको हो ।

    ‘निजको नामको घरजग्गाहरू लिलाम गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार गर्नुहोला ।’ आदेशमा भनिएको छ ।

    अदालतले देवकुमारको माग अनुसार अन्तरिम आदेश दिन चाहिँ अस्वीकार गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images