images
images
  • तीनकुने घटना : थुनछेक बहस नवौं दिन पनि जारी

    असार – काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका अभियुक्तहरूका विषयमा थुनछेक बहस आज पनि जारी छ।

    काठमाडौं जिल्ला अदालतमा २० जेठदेखि सुरु भएको थुनछेक बहस आज नवौं दिनमा प्रवेश गरेको हो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा जारी बहसमा आज सरकारी वकिल पक्ष जवाफी बहस गर्दैछ।

    ११ जेठमा मुद्दा दर्ता भएको भए पनि १८ दिन बितिसक्दा पनि अदालतबाट आदेश आइसकेको छैन।

    तीनकुने घटनासँग सम्बन्धित ३९ जना प्रतिवादी अहिले पनि हिरासतमा रहेका छन्। यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

    त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये चार जना नाबालक रहेका कारण उनीहरूको मुद्दा भक्तपुर पठाइएको थियो।

    मुद्दा दर्ता भएको दिनदेखि न्यायाधीश कार्कीको इजलासमा निरन्तर थुनछेक बहस चलिरहेको छ।

    ६१ जनामध्ये ११ जनाविरुद्ध मात्र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरिएको थियो। तीमध्ये केही धरौटीमा रिहा भइसकेका छन्।

    यता आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा समेत दायर गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images