images
images
  • ड्युटीमा खटिएकी ट्राफिक प्रहरी टेम्पोको ठक्करबाट घाइते

    काठमाडौं । काठमाडौंको थापाथली चोकमा बिहीबार बिहान एक ट्राफिक प्रहरी जवान टेम्पोको ठक्करबाट घाइते भएकी छिन् ।

    बिहान करिब ९ः४० बजे ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई बा १ घ ४१८८ नम्बरको टेम्पोले ठक्कर दिएको हो ।

    टेम्पो त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गर्दा थापाथली चोकमा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।

    घाइते प्रहरी जवान शाहलाई तत्काल उपचारका लागि नर्भिक अस्पताल पु¥याइएको छ । ‘बाहिरी रूपमा कुनै चोटपटक देखिएको छैन, तर भित्री चोट भएको आशंका छ,’ एसपी गिरीले भने, ‘हाल उपचार प्रक्रिया चलिरहेको छ ।’

    दुर्घटनामा संलग्न टेम्पो र चालक नम्फा लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल दुवैजना ट्राफिक प्रहरी प्रभाग थापाथलीमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images