
काठमाडौं । अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा विहानी पंगेनी निर्विरोध निर्वाचित भएकी छिन् । सचिवालय अनेरास्ववियु संरचनाभित्र पदाधिकारीपछि दोस्रो ठूलो निर्णय तह हो ।
विहानी विश्वविद्यालय महिला क्लस्टरबाट सचिवालय सदस्य पदमा निर्वाचित भएकी हुन् । अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालका अनुसार उक्त क्लस्टरमा उनले प्रतिस्पर्धीविना नै सदस्यता प्राप्त गरेकी हुन् ।
गायक बद्री पंगेनीकी छोरी रहेकी विहानी अघिल्लो महाधिवेशनमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । कानून विषय अध्ययनरत उनी उद्घोषण तथा कलाकारितामा समेत सक्रिय छिन् ।
गायक बन्द्री पंगेनी माओवादीको सेना संगठन वाइसिएल अधिवेशनको प्रचार गर्दै हिँडेका थिए ।
प्रतिक्रिया दिनुहोस्