images
images
  • काठमाडौं महानगरका प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक छन् । मुद्दामा बोलपत्र मूल्यांकन समितिका सदस्यहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल समेत छन् ।

    समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख रुपैयाँभन्दा कम रकम कबोल गरे पनि ठेक्का बढी कबोल गर्ने कल्पवृक्ष–कोहिनूर जेभीलाई दिइएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images