images
images
  • संसद् पुनः अवरुद्ध, विपक्षीको नारा– मानव तस्कर मुर्दावाद, गृहमन्त्री राजीनामा दे !

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधिसभामा विपक्षी दलहरूले लगातार अवरोध जारी राखेका छन् ।

    जेठ १३ गतेदेखि सदन चल्न नदिएका विपक्षी सांसदहरूले आजको बैठकमा पनि नाराबाजी गर्दै अवरोध गरेका छन् ।

    सभामुख देवराज घिमिरेले माइक नदिएपनि विपक्षी सांसदहरू मानव तस्करलाई कारबाही गर, मुर्दावाद, राजीनामा दे भन्ने नारामा उत्रिएका छन् ।

    नाराबाजीको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ र हरि ढकालले गरेका थिए ।

    उनीहरूको अगुवाइमा अन्य विपक्षी सांसदहरूले पनि गृहमन्त्रीको राजीनामाको माग गर्दै गृहमन्त्री राजीनामा दे भन्ने नारा लगाएका छन् ।

    संसदमा जारी अवरोधकै कारण आजको बैठक नियमित रूपमा सञ्चालन हुन सकेन ।

    यसै सन्दर्भमा सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गर्दै आगामी बिहीबार, जेठ २९ गते दिनको ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images