images
images
  • प्रतिनिधिसभाको अवरोध खुलाउने सभामुखको प्रयास असफल, आ-आफ्नै अडानमा सत्ता र प्रतिपक्षी

    काठमाडौं । गतेदेखि जारी प्रतिनिधिसभाको अवरोध अन्त्य गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेको पहलमा आज बसेको सत्ता र प्रतिपक्षी दलबीचको बैठक सहमतिविहीन रूपमा टुंगिएको छ ।

    बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानामगर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

    तर सत्ता र विपक्षी दुवै आफ्नो अडानबाट पछि नहट्दा बैठक निष्कर्षविहीन रह्यो । सहमति नजुटेपछि दिउँसो १ बजेका लागि तय गरिएको अर्को बैठक समेत अहिलेसम्म सुरु हुन सकेको छैन ।

    प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठन वा न्यायिक आयोगमार्फत अनुसन्धान हुनुपर्ने माग दोहो¥याइरहेका छन् ।

    तर, सत्तापक्षले भने उक्त प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भइरहेकाले छुट्टै समिति बनाउनु उचित नहुने अडान लिएको छ । सहमतिको खोजी जारी रहे पनि अवरोध अन्त्यको उपाय भने अझै अड्किएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images