काठमाडौ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मागमा सत्ता पक्षसँग सहमति नजुटेसम्म संसद् अवरोध जारी रहने विपक्षी दलहरूले बताएका छन् ।
सोमबार विपक्षीहरूद्वारा २०६४ सालदेखि हालसम्मका गतिविधि छानबिन गर्न समिति गठनको प्रस्ताव गरिएको भए पनि सत्तापक्षले बुधबारसम्म कुनै प्रतिक्रिया नदिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार संसद् चलाउन अवस्था नपुगेको र समस्या समाधानका लागि विपक्षी दलहरूबीच छलफल भइरहेको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नसँगै राजीनाको माग गरिएको भए पनि हाल त्यो अडानबाट पछि हटिएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि कांग्रेससँगको छलफलपछि संसद् अवरोध अन्त्य गर्न ५ बुँदे प्रस्ताव सत्ता पक्षलाई पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्























