काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसलाई अघि सारेको पाँच बुँदे प्रस्तावमाथि साझा धारणा बनाउन प्रतिपक्षी दलहरूले बैठक थालेका छन् ।
आज (बुधबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को उपस्थितिमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, र आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी छन् ।
यसअघि जेठ २६ गते रास्वपाले प्रतिनिधिसभाको बैठक सञ्चालनमा ल्याउन नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव बुझाएको थियो ।
सो प्रस्तावमाथि विपक्षी दलहरूले सामूहिक धारणा बनाउने उद्देश्यले छलफल सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























