काठमाडौं । नयाँ बानेश्वरमा प्रमुख विपक्षी दलहरूको संयुक्त बैठक जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को अवरोध अन्त्य गर्न प्रस्ताव गरेका पाँच बुँदे सिफारिसहरूमाथि छलफल गर्न दलहरू बसेका हुन् ।
रास्वपाले गत सोमबार नेपाली कांग्रेससहित विपक्षी दलहरूलाई संसद् सञ्चालनका लागि पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।
सो प्रस्तावमा साझा धारणा बनाउने प्रयासस्वरूप विपक्षी दलबीच आजको बैठक आयोजना गरिएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका नेताहरूको सहभागिता रहेको छ ।
सहभागी नेताहरूमा वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत छन् ।
विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
उनीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको जवाफ र जिम्मेवारी माग गर्दै आन्दोलनरत छन् ।
यद्यपि सभामुखले बारम्बार संवाद गराउने प्रयास गरे पनि अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन ।
बैठकबाट निकट भविष्यमा संसद् सञ्चालनको सम्भाव्यता र सत्ता–विपक्षबीच संवादको खाका तय हुने अपेक्षा गरिएको छ ।























