images
images
  • डलर साट्ने नाउँमा लाखौं ठगी, एक पक्राउ

    काठमाडौं – डलर साट्ने बहानामा कागजको बिट्टा नोट देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

    काठमाडौँ उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका क्षेत्रहरूमा नक्कली डलर देखाई सर्वसाधारणलाई झुक्याएको अभियोगमा धनबहादुर तामाङ पक्राउ परेका हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थायी निवासी हुन् र हाल काठमाडौँको जोरपाटीमा बसोबास गर्दै आएका छन्।

    २८ वर्षीय तामाङलाई काठमाडौँ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ, कपन क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images