images
images
  • मध्यराति युक्रेनबाट प्रहार गरिएका १०२ ड्रोन रुसद्वारा आकाशमै नष्ट

    काठमाडौं । रुसको वायु रक्षा प्रणालीले रातारात १०२ वटा युक्रेनी ड्रोनहरू रोकी नष्ट गरेको देशको रक्षा मन्त्रालयले मंगलबार टेलिग्राममार्फत जनाएको छ ।

    मन्त्रालयका अनुसार पश्चिमी र मध्य रुसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो ।

    ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २० वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चार वटा, मस्को ओब्लास्टमा तीन वटा लेनिनग्राद, ओरिओल र कुस्र्क ओब्लास्टमा दुइ–दुई वटा र स्मोलेन्स्क ओब्लास्टमा एउटा ड्रोनहरु खसालिएको मन्त्रालयले जनाएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images