images
images
  • अनेरास्ववियुको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, पदाधिकारीमा को–को छन् दाबेदार ? (नामावलीसहित)

    काठमाडौं । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा अनेरास्ववियु अध्यक्ष पदका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सर्वसम्मत प्रयास असफल भएपछि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

    उपाध्यक्ष पदमा ८ जनाले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा ५ र महिला उपाध्यक्षमा ४ जनाको प्रतिस्पर्धा छ ।

    महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेल छन् । कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार हुन् ।
    उपमहासचिवमा ३ जनाको उम्मेदवारी छ भने सचिवमा करिब एक दर्जन प्रतिस्पर्धी छन् ।

    एमाले नेतृत्वले सर्वसम्मति निर्देशन दिए पनि पौडेल–धामी समूहको विरोधपछि चुनावमा जाने निर्णय भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images