images
images
  • एनसेलले फाइबर विस्तार तीव्र बनाउँदै, भूमिगत र एडीएसएस केबलका लागि प्रस्ताव आह्वान

    काठमाडौं – दूरसञ्चार कम्पनी एनसेलले भूमिगत तथा एडीएसएस  (All-Dielectric Self-Supporting) अप्टिकल फाइबर केबल बिछ्याउने नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य तथा अनुभवी ठेकेदाररआपूर्तिकर्ताबाट प्रस्ताव आह्वान गरेको छ ।

    कम्पनीले सञ्चालन गर्न लागेको फाइबर केबल विस्तार परियोजनाको तयारीस्वरूप इच्छुक फर्म वा कम्पनीहरूलाई आवश्यक कागजातसहित जानकारी पेश गर्न अनुरोध गरिएको हो ।

    परियोजनाको कार्यक्षेत्र अन्तर्गत सर्वेक्षण र कार्यान्वयन योजना निर्माण, ट्रेन्चिङ, डक्टिङ तथा भूमिगत केबल बिछ्याउने कार्य समावेश छन् । त्यस्तै, पोलमार्फत एडीएसएस केबल जडान, म्यानहोल र जोइन्टिङ पिट निर्माण, मार्ग चिन्ह निर्माण, परीक्षण, कमिसनिङ र मर्मतसम्भार सेवा पनि परियोजनामा परेका छन् ।

    परियोजना कार्यान्वयनका क्रममा ‘राइट अफ वे’ का लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यसमेत आवश्यक हुने एनसेलले जनाएको छ ।

    आवेदन दिन चाहने कम्पनीहरूले भूमिगत तथा एरियल फाइबर अप्टिकलरएडीएसएस केबल बिछ्याउने काममा प्रमाणित अनुभव भएको, वैध लाइसेन्स, प्रमाणपत्रहरू तथा सुरक्षा मापदण्डको पालना गरेको, साथै वित्तीय तथा प्राविधिक रूपमा परियोजना सञ्चालन गर्न सक्ने हैसियत भएको हुनुपर्ने उल्लेख छ ।

    इच्छुकले आफ्नो कम्पनी प्रोफाइल, प्राविधिक विवरण, अघिल्लो कामको अनुभव र सम्बन्धित कागजातसहित १० असार २०८२ भित्र आवेदन पेश गर्नुपर्ने एनसेलको सूचनामा उल्लेख छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images