images
images
  • गाजामा इजरायली आक्रमण : १६ हजारभन्दा बढी विद्यार्थीको मृत्यु

    काठमाडौं । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ ।

    मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टिी गेको छ । मन्त्रालयले इजरायली हाक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको जनाएको छ ।

    गाजाका ४४३ वटा सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी

    (युएनआरडब्लुए)सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ ।

    वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ ।

    जेरुसेलमका छ वटा युएनआरडब्लुए सँग सम्बद्ध स्कुल मे ८ देखि बन्द रहेको जनाइएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images