images
images
  • सोलुमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

    सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यसमा सवार ओखलढुंगा मोलुङ गाउँपालिका–८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

    बिहान साढे ११ बजेतिर भएको घटनामा अन्य तीनजना घाइते भएका छन् । अटो रिक्सा सडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो । घाइते हुनेमा टेम्पो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–६ मुक्लीका ३८ वर्षीय राजेश विक, सोही ठाउँका ४० वर्षीय काजी विक र ओखलढुंगा मोलुङका ३५ वर्षीय मिङमार शेर्पा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको डीएसपी कुवँरले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images