काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया र महासचिवमा दीपक धामीको नाम अध्यक्ष मण्डलले प्रस्ताव गरेपछि बन्दसत्रमा विवाद चर्किएको छ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा जारी बन्दसत्रमा अध्यक्ष मण्डलले उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटीको नामसमेत प्रस्ताव गरेको थियो ।
तर, अध्यक्ष र महासचिव पदमा आकांक्षा राखेका अन्य नेताहरूको असहमति र नाराबाजीका कारण प्रक्रिया रोकिएको छ ।
विद्यार्थीहरू नेतृत्व चयनका लागि निर्वाचनको माग गर्दै विरोधमा उत्रिएका छन् ।
प्रस्ताव प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आएको भन्दै आकांक्षीहरूले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्























