images
images
  • विदेशी मुद्रा सञ्चिति २५ खर्बभन्दा धेरै

    काठमाडौं । गत वैशाख मसान्तसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ ।

    गत असारको तुलनामा वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।

    २०८१ असारमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

    ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ,’ राष्ट्र बैंकले मासिक प्रतिवेदनमा भनेको छ ।

    २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

    नौ महिनाको आयातलाई आधार मान्दा मुलुकको कुल विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images