images
images
  • आज राति यी दुई प्रदेश र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

    काठमाडौं – राति देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    अनि कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

    मौसम महाशाखाका अनुसार हाल देशका पश्चिम र मध्य भेगमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images