images
images
  • गृहमन्त्रीको राजीनामामै रास्वपाको अर्जुनदृष्टि, सरकारले पूरा गर्नै नसक्ने सहमतिका लागि ५ बुँदे प्रस्ताव (प्रस्तावसहित)

    काठमाडौं । भिजिट भिसा दुरुपयोग र मानव तस्करी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।

    गृहमन्त्री रमेश लेखकको राजीनामाबाट मात्रै नपुग्ने भन्दै रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गरी संसद् सुचारु गर्न माग गरेको हो ।

    प्रस्तावअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग गर्नुपर्ने, पाँच दिनभित्र छानबिन समिति गठन गर्नुपर्ने र एक दिनभित्र कार्यसम्पादन समिति बनाएर त्यसले कार्यविधि तय गर्ने उल्लेख छ ।

    सरकारी निकाय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स, र विदेशी नियोग संलग्न भइ मानव तस्करी भएको आशंका उठाउँदै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र गर्नुपर्ने रास्वपाको प्रस्तावमा उल्लेख छ ।

    यस्तो छ प्रस्ताव :rsp 1749464243

    प्रतिक्रिया दिनुहोस्
    images
    images