काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध भइरहँदा सत्तारूढ नेपाली कांग्रेसले गतिरोध अन्त्य गर्न विभिन्न दलहरूसँग छलफल तीव्र बनाएको छ ।
कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरे पनि रास्वपाको संसदीय समिति वा जाँचबुझ आयोग गठनको माग अस्वीकार गरेको छ । कांग्रेसले यो विषय अख्तियार हेरेको भन्दै समिति गठन आवश्यक नभएको अडान लिएको छ ।
रास्वपासँगको संवादपछि कांग्रेसले माओवादी केन्द्रसँग पनि छलफल अघि बढाएको छ । तर, एमालेले छलफलमा आफूहरूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि जनाएको छ ।
एमाले रास्वपा जस्तै समिति गठनको पक्षमा छैन । यता सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दलहरूबीच समझदारी नजुटेकाले अहिलेसम्म सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्























